०३ चैत्र, बेलबारी । बेलबारी बजारमा दैनिकी समानहरुको अभाब देखीएको छ। रास्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा नोबल कोरोना भाईरस (कोभिड-19) को सन्क्रमण फैलिदै गैरहेको र यसबाट मृत्यूहुनेको संख्यामा बृद्दि भइरहेको छ ।
यसको प्रभाब नेपालमा पनी देखीन सक्ने भएकोले यसबाट बच्न सबैलाई नेपाल सरकारले सतर्कता अपनाउन आवहान गरेका छन। छिमेकी राष्ट्र भारत र चाईनाले कोरोना भाईरसको कारण देखाऊदै अनिस्चित कालकोलागी केही नाका बाहेक सबै नाकाहरु बन्द गरेका छन। यसबाट नेपाली जनतामा अझ त्रास फैलिएको देख्न सकिन्छ। अब समान नपाईएने हल्ला बजार भरि फैलिएको छ । जस्को कारण अहिले बजारमा दैनिकी समानहरु जस्तै ग्यास, पैट्रोल, डिजल, मट्टीतेल, माक्स ,सेनीटाईजर साथै दैनिकी खाने कुराको अभाब बजारमा देखीन थालेको हो ।
बेलबारी बजारमा पनी यस्ता सामानको अभाब देखीन थालेको छ।यस्ता दैनिकी सामानको अभाब बेलबारी बजारमा देखिदा पनी बेलबारी उधोग बाणिज्य संघ मौन बसेको पाईएको छ। यस्ता सामानहरु सहज रुपमा बितरण गराऊन समन्यन भुमिका खेल्नुपर्ने, बजारमा कालाबजारी फैलिन नदिन अनुगमन गर्नू पर्नेमा, बाणिज्य संघका पदाधिकारीहरु रमिता हेरिरहेको पाईएकोमा सताब्दि न्युजलाई स्थानिय बासीहरु आक्रोस सहित गुनासो पोखे। यस बिषयलाई लिएर उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष योगेन्द्र सुबेदीसंग जिज्ञासा राख्दा बेलबारी नगरपालिका संग समन्यन भएको र आज सोमबार ३ बजे देखी बेलबारी बजार अनुगमन गरिने बताए । बेलबारी बजारमा दैनिकी समानहरुको सहज तरिकाले उपलब्ध गराऊन, बेलबारी नगरपालिका र स्थानिय ब्यपारी संग समन्यनगरि अगाडी बड्ने उपाध्यक्ष राजेश कार्कीले सताब्दि न्युज लाई टेलिफोनबाट जानकारि दिए ।