प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ; उपचार खर्च ५ देखि ६ लाख मात्र – Satabdi News

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ; उपचार खर्च ५ देखि ६ लाख मात्र

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौलाको प्रत्यारोण गराएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमासुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख लागेको पनि अस्पतालले जानकारी दिए । अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उनले बताए ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए । मृगौला प्रत्यारोपण गराएको १० औं दिन डिस्चार्ज भएका ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ; उपचार ..." A few seconds ago

सम्बन्धित खवर