रावण कि राम ? – Satabdi News

रावण कि राम ?

म अलिकती शिर उठाउन खोज्छु
तिमि खबदार शिर उठाउलास भन्छौ
म अलिकती बोल्न खोज्छु
तिमि बोलि मात्र हेर, देख्लास भन्छौ
म स्वतन्त्रताका साथ आकाशमा उडन खोज्छु
तिमि मेरो अनुमती खोइ भनेर सोध्न थाल्छौ
म अलिकती बल्न खोज्छु
तिमि अन्धकारको पक्षपोषण गर्न थाल्छौ ।
तिमि मेरो शत्रु कि मित्र भनेर प्रस्न गर्छु
हैन ! म तिम्रो मित्र हु, उसले भन्छ ।
तिमिलाइ मैले बुझ्नै सकिन
तिमि आफै भनिदेउ
तिम्रो भित्री र बाहिरी के हो !
रावण कि राम ?

म माया, प्रेमका गित गुनगुनाउन खोज्छु
तिमि संगितकको सर्वधिकार मेरो हो, गुनगुनाउन पाउदैनस भन्छौ ।
म तिमिलाई समेट्न खोज्छु
तिमि हैन पर्दैन, भनेर अहमता देखाउछौ
म सहमती र सहकार्यमा अगाडी बढौ भन्छु
तिमि प्रकृया र खोक्रो नाटकिय नैतिकताको बाजा बजाउछौ ।
तिमिलाइ मैले बुझ्नै सकिन
तिमि आफै भनिदेउ
तिम्रो भित्री र बाहिरी के हो !
रावण कि राम ?

ऋषि राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रावण कि राम ?" A few seconds ago

सम्बन्धित खवर