साथी- सन्दिप अधिकारी
पहिलो भेट भयाे,तिमीसगँ विद्यालयको प्राङ्गणमा
एउटा सम्बन्ध बस्यो त्यहीँ बिद्यालयमा,
मन छ तिमीसगँ रम्न र जीवन कटाउन
बरु गाँस छाेड्छु तर साथ छाेड्दीन,तिम्रो भराेसालाई जित्न।
मनमा छ तिम्रो लागि ठुलो मान र समान
तिमी नै हौं मेराे जीवनकाे सान,
साथमा सधैँ हुन्छौं,एक दिन नभेट्दा नि लाग्छ एक बर्ष
तिमी खुसी भएको देख्दा म पनि हुन्छु निकै नै हर्ष।
बहुमुल्य रत्न छ तिम्राे त्यो मुस्कान
जीवनभर हुन लाग्छ तिमीसगँ नजिकन,
मन छ तिम्रो पबित्र मेरो नजरमा
देख्न चाह्दिन कहिले पनि तिमीलाई दु:ख र पिडामा।
साथी मेरो तिमी रह्ननु हरेक पलहरुमा
साथ न छुटाेस् जीवनकाे हरेक कालमा,
साथी! तिम्रो लागि प्राथना ईश्वरकाे शरणमा
सधैं सहयाेग र समर्थन गर्नेछु जस्तोसुकै कठिन कालखण्डमा।
– सन्दिप अधिकारी