लोहोन्द्रा खोलाबाट अबैध रुपमा गिटी बालुवा लैजाने चार टिफर पुलिस नियंत्रणमा । – Satabdi News

लोहोन्द्रा खोलाबाट अबैध रुपमा गिटी बालुवा लैजाने चार टिफर पुलिस नियंत्रणमा ।

बिराटचौक,मोरंग । सुक्रबार राती 9.30 बजे लोहोन्द्रा खोलाबाट गिटी बालुवा लैजादै गरेको चार वोटा टिफर हरैचा प्रहरि  चौकीको मोबाईल टिमले नियंत्रणमा लिएको थियो । टिफरले गिटी बालुवाको निकासी  पुर्जी नकाटी अबैध रुपमा निकासी गरि लैजाने गरेको पाईएकोले जरिवाना काट्न भन्दा नमाने पछी नियंत्रणमा लिएर हरैचा प्रहरि चौकीमा राखिएको  थियो । पटक पटक जरिवाना पुर्जी काट्न आग्रह गर्दा पनी नमाने पछी सुन्दार हरैचा नगर पालिकाका मियर शिब ढकाल संग समन्यंंन गरि आज राती करिब  साझ सातबजे  सुन्दर हरैचा नगर पालिकामा बुझाईएको हरैचा प्रहरि चौकीका  इन्चार्च टनक कोइरालाले सताब्दी न्युजलाई बताउनु भयो । यसरि अबैध रुपमा  गिटी बालुवा लगेको पाईएमा पहिलो पटकमा न्यूनतम रु दस हजार जरिबाना लाग्ने नियम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोहोन्द्रा खोलाबाट अबैध रुपमा गिटी बालुवा लैजान..." A few seconds ago

सम्बन्धित खवर