भेडेटारमा जीप लाईन शुरु; मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन – Satabdi News

भेडेटारमा जीप लाईन शुरु; मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

२६ फागुन, सुनसरी । धरान, धनकुटा र भेडेटार घुम्न आउन पर्यटकहरुलाई मध्यनजर गर्दै धनकुटाको भेडेटारमा जीप लाइन सुरु भएको छ ।

१ न प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले उद्घाटन गरे । धरान उपमहानगरपालिकाको प्रमुख प्रकाश राईको करिव ३ करोडको लगानीमा बनेको जीप लाईन दुई बर्षको अध्ययन पछि बनेको हो ।

भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइ रहेको जिपलाइन करिव ४५ सेकेण्ड लाग्ने अनुमान गरिएको छ ।

क्लासिक खेलको १ हजार २ सय, सुपरम्यानको १ हजार ५ सय र कपलको १ हजार ८ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भेडेटारमा जीप लाईन शुरु; मुख्यमन्त्री शेरधन राई..." A few seconds ago

सम्बन्धित खवर