किरात प्रदेश नआए आन्दोलन गर्नुको विकल्प छैन :- डा. बाबुराम भट्टराई – Satabdi News

किरात प्रदेश नआए आन्दोलन गर्नुको विकल्प छैन :- डा. बाबुराम भट्टराई

१५ फागुन, ललितपुर । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले पहिचान स्थापित गर्नका लागि नै कम्युनिष्ट पार्टी छोडेको बताएका छन् ।

उनले नेकपाका अध्यक्ष केपी शर्मा ओली सबभन्दा बढी पहिचानको विपक्षमा रहेको समेत बताए ।

किरात राई यायोक्खाले आज प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नका लागि पहल गरिदिन माग गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझेपछि नेता भट्टराईले प्रधानमन्त्री ओलीलाई पनि आफूहरुलाई जसरी कन्भिन्स गर्ने प्रयास गर्न नभए आन्दोलन नै विकल्प भएको बताए ।

‘तपाईहरु आन्दोलन नै गर्नुहोस् । आन्दोलनकै बलले आउने हो यो, म जहाँ बोलाउनुहुन्छ त्यही आउँछु,’ भट्टराईको भनाइ उदृत गर्दै यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राईले भने, ‘अन्तिममा नमान्ने केपी ओलीजी नै हो । उहाँलाई पनि कन्भिन्स गर्नुभो भने हुन्छ भएन भने आन्दोलनको विकल्प छैन ।’

सो क्रममा उनले किरात जातीयता नभएर नेपालको राष्ट्रियता भएको बताए ।

यायोक्खाका अध्यक्ष दिवस राईको नेतृत्वको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

यायोक्खा अध्यक्ष दिवस राईको नेतृत्वमा उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई, उपमहासचिव भिम राई, यायोक्खाका पूर्वउपाध्यक्ष तथा समाजवादीका नेता चन्द्रविक्रम राई, यायोक्खाका केन्द्रीय सदस्य किवाङ हाङ राई, मणिकुमार राईलगायतले समाजवादी पार्टी कार्यालय बालकुमारीमा भट्टराईलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात प्रदेश नआए आन्दोलन गर्नुको विकल्प छैन :- ..." A few seconds ago

सम्बन्धित खवर