१५ फागुन, काठमाडौ । समाजवादी पार्टी सुनसरी जिल्लाको समायोजन कार्यक्रम इनरूवामा सम्पन्न भएको छ ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका सुनसरी जिल्ला संंंयोजक हरि गोविन्द यादवको अध्यक्षतामा सम्पन्न भएको समायोजन घोषणा कार्यक्रमबाट भगिरथ खत्वेको अध्यक्षतामा ८१ जनाको समाजवादी पार्टी सुनसरी जिल्ला समिति घोषणा गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्यत तथा प्रदेश १ का उपाध्यक्ष उमेश कुमार थापाले बताए ।
खत्वेको नेतृत्वमा घोषणा भएको जिल्ला समितिमा दिर्घ रमण निरौला ,रबिन राई ,र सरिफ रइन, उपाध्यक्ष रहेका छ्न। त्यस्तै सचिवमा प्रदिप कार्की ,उप सचिव अभिनन्दन यादव ,र कोषाध्यक्षमा सूमित्रा राई चयन भएका छन ।
जिल्ला सचिवमा चयन भएका कार्की साविक नयाँ शक्ति पार्टी सुनसरी जिल्लाको सचिवको जिम्मेवारीमा रहेका थिए ।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा पार्टी सचिव पर्शुराम बस्नेत् , माननिय प्रमिला यादव , केन्द्रीय सदश्यहरु भिम राई पदम अधिकारी ,प्रदेश उपाध्यक्ष उमेश थापा ,सविता यादव ,लगायत पर्देश र जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो ।