काठमाडौ । शिक्षक सेवा आयोगले अब एक–दुई दिनभित्रमा लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । लाइसेन्सको परीक्षा गत असोज महिनामा भएको थियो । जसको नतिजा आउँदो शुक्रबार सम्ममा प्रकाशन भइसक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।
यसअघि नै लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी भएको बताइए तापनि विभिन्न प्राविधिक समस्याले गर्दा नतिजा सार्वजनिक नगरिएको आयोगका सूचना अधिकृत दामोदर पाण्डेले जानकारी दिनुभएको छ । यही दिन आउँछ भनेर भन्न सकिँदैन तर ढिलोमा आगामी शुक्रवारसम्म नतिजा सार्वजनिक भइसक्ने कुरा उहाँले जानकारी दिनुभएको थियो ।
सूचना अधिकृत पाण्डेका अनुसार कुनै पनि प्राविधिक समस्या नआए आगामी शुक्रबार माध्यमिक तहको नतिजा सार्वजनिक गर्ने, र क्रमश निम्नमाध्यमिक र प्राथमिकताको नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभएको थियो ।