चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो नेपाली विमान । – Satabdi News

चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो नेपाली विमान ।

 

३ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ आज उडेको छ । आज उडेको विमान नेपालीहरुलाई लिएर आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सल पछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो नेपाली वि..." A few seconds ago

सम्बन्धित खवर