ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी – Satabdi News

ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी

फागुन १, सान फ्रान्सिस्को । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्स एपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ । मेसेन्जर झैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्स एपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्स एप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्स एपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।

२ अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्स एपको ब्लग पोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकी सरकारले ह्वाट्स एप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनुपर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको हो ।

गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया “इन्क्रिप्सन” योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् । ह्वाट्स एपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ह्वाट्स एपका प्रयोगकर्ता २ अर्बभन्दा बढी" A few seconds ago

सम्बन्धित खवर