२७ औं प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्ति – Satabdi News

२७ औं प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्ति

२८ माघ, काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक पदको जिम्मेवारी ठाकुर प्रसाद ज्ञवालीले पाएको छ । आज मंगलबार बसेको मन्त्री परिषद बैठकले नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्ञवालीलाई आईजीपी बनाउन गृह मन्त्रालयले तयार पारेको प्रस्ताव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेले मन्त्रीपरिषदमा पेश गरेका थिए ।

हालका आईजीपी सर्वेन्द्र खनाल सहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले ३० वर्षे सेवाहदका कारण आजबाट अवकाश पाउँदैछन् ।

फोटो साभार – गुगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२७ औं प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्ति" A few seconds ago

सम्बन्धित खवर