बेलबारी नगरपालिकाद्दारा नया दमकल खरिद – Satabdi News

बेलबारी नगरपालिकाद्दारा नया दमकल खरिद

२७ माघ, बेलबारी । आगलागीको घटनाबाट बर्षेनी ठुलो धनजनको क्षति बेहोरीरहेको बेला बेलबारी नगरपालिकाले नयाँ दमकल खरिद गरेको छ ।

बेलबारी आसपासको क्षेत्रमा आगलागीको घटना बढी रहेको बेला बेलबारी नगरपालिकाले दमकल खरिद गरेको हो । सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको दमकलको भर पर्नुपर्ने अबस्थाबाट अब बेलबारी नगरबासीहरुले मुक्ति मिलेको छ  ।

बेलबारी नगरपालिकाले नयाँ दमकल खरिद गरी सोमबार कार्यलयमा ल्याई सकिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले शताब्दी न्युजलाई जानकारी दिएका हुन ।

यसै गरि अबको दिनमा आगलागीबाट हुने क्षति न्यूनिकरण हुने कुरामा स्थानिय बासिन्दाको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाद्दारा नया दमकल खरिद" A few seconds ago

सम्बन्धित खवर