नेपाली काङ्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अबरुद्द, मन्डलामा हजारौं बिध्यार्थी भेला – Satabdi News

नेपाली काङ्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अबरुद्द, मन्डलामा हजारौं बिध्यार्थी भेला

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा चल्न दिएन ।

शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसद् मिनबहादुर विश्वकर्माले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई फसाउने नीति सरकारले लिएकाे दावी गरे । यस्तो अवस्थामा सदनको कारबाही अघि बढाउन सहयोग नगर्ने बताए ।

त्यसपछि कांग्रेस सांसद्हरुले बैठक चल्न दिएनन् । उभिएर अवरोध गरे । सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक आग्रह गरेका थिए । तर, कांग्रेस सांसद्ले उभिएर अवराेध जारी राखे । त्यसपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । त्यसै गरि आज माइतीघर मन्डलामा पनि नेबिसंघले बिरोध कार्यक्रम आयोजना गरेको छ ।हजारौ सन्ख्यामा बिध्यार्थीहरुको उपस्तिथी रहेको थियो । २/३ सरकार पुर्ब राजामहाराजा र राणाहरुको शैलीमा सरकार चलेको आरोप लगाए । आफ्ना बिरोधीहरुलाइ जेल नेल पठाउने र आफ्ना भाइ,भरदारहरुलाई पुरस्कृत गर्ने गरेकोमा गम्भिर आपत्ती रहेको बताए ।नेबिसंघका अध्यक्ष लगायत नेताहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली काङ्रेसद्वारा आज पनि प्रतिनिधिसभा बैठक अ..." A few seconds ago

सम्बन्धित खवर