स्विडेनका १७ बर्षिय किशोरी नोबेल शान्ती पुरस्कारका लागि मनोनयन – Satabdi News

स्विडेनका १७ बर्षिय किशोरी नोबेल शान्ती पुरस्कारका लागि मनोनयन

काठमाण्डौ ।  स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् ।

गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार भने इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए । सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो । यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो । यसका साथै सम्झौता अनुसार विश्वका देशहरुको दीर्घकालीन औसत तापमान वृद्धिलाई पूर्व औद्योगिक स्तरबाट २ डिग्री सेल्सियसभित्र सीमित गर्ने योजना प्रस्तुत गरिने थियो । १७ वर्षीया किशोरी थनबर्गले जलवायु परिवर्तनमा भैरहेको बदलीलाई रोक्न विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरिन् । अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ ।

नोबेल पुरस्कारको लागि मनोनयन र छनाेट गर्ने निम्न कार्यतालिका;

राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, बाैद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन् । नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्विडेनका १७ बर्षिय किशोरी नोबेल शान्ती पुरस्का..." A few seconds ago

सम्बन्धित खवर