तेस्रो लिङ्गी अजिताको हत्यामा, ५ जना पक्राउ – Satabdi News

तेस्रो लिङ्गी अजिताको हत्यामा, ५ जना पक्राउ

काठमाडौ, माघ २१ । हेटौंडा –११ कि तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अजिता गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।

 

पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

अजिता हत्या प्रकरणमा १८ दिनसम्म लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न भएकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले उनको हत्या भएको १६ दिनसम्म विभिन्न कोणबाट अनुसन्धान गर्यो ।

१६ दिनसम्म हत्यामा संलग्न भएकाहरुसँग प्रहरी पुग्न सकेको थिएन् । माघ २० गते सोमबार प्रहरीले एउटा सूचना पायो, अजिताको हराएको मोबाइल खुल्यो । अजिताले ओप्पो मोबाइल बोक्ने गरेकी थिइन् ।

सोमबार मोबाइल खुलेपछि प्राविधिक अनुसन्धानबाट मोबाइल बोक्ने व्यक्तिसम्म प्रहरी पुग्यो । प्रहरीले हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनको साथबाट उक्त मोबाइल बरामद गर्यो ।

पाख्रिनसँग अजिताको मोबाइल कसरी आइपुग्यो ? अनुसन्धान गर्दैजाँदा अजिता हत्यामा संलग्न रहेका हत्या आरोपी आशिष बलले उनलाई मोबाइल दिएको भेटियो ।

आशिषलाई हक्चर भनिने बुद्ध लामाले मोबाइल दिएका थिए । बुद्ध लामालाई चितवनबाट पक्राउ गरी प्रहरीले सोधपुछ गर्दा अर्का व्यक्ति भापु भिनने ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको बताए ।

त्यसपछि प्रहरीले सिमोनलाई पक्राउ गर्यो । अजिताको सोही आइचर ट्रकमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सिमोनलाई पक्राउ गरेपछि प्रहरीले अजिता हत्याको १७ दिनपछि हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले हिजो सोमबार एकैदिन ५ जनालाई पक्राउ गरेर घटनाको विस्तृत अनुसन्धान गरेको प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानार्भयाङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए ।

परियारले घन्टाउके भनिने सुशील मगरलाई भेटेपछि यौन सम्पर्क गर्ने योजना बनाएका थिए । सोही योजना अनुसार उनीहरुले ट्रकमा अजितालाई पालैपालो यौन सम्पर्क गरे, तर रकम तिर्ने पैसामा विवाद भएपछि ट्रकमा रहेको बिजुलीको तारले घाँटी बाँधेर अंठ्याएर उनको हत्या गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तेस्रो लिङ्गी अजिताको हत्यामा, ५ जना पक्राउ" A few seconds ago

सम्बन्धित खवर