काठमाडौ, माघ २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सुदन किरातीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका छन् ‘सरकारका प्रवक्ता बास्कोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पनि पास हुन्छ । प्रवक्ताको भनाई अनुसार “चाह्यो भने अमेरिकाले नेपाललाई सुलेमानी बनाईदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ” । राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्तताले ग्रहण लगाउन खोजेको राईको आरोप छ ।
सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुपदोर्जे प्रवृत्तिको भएको भन्दै उनले आपत्ति समेत जनाए । ‘लेण्डुप जोर्दे प्रवृत्ति आत्मसमर्पण प्रवृतिको विरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ, भन्ने किरातीको माग रहेको छ ।