फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने – Satabdi News

फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने

काठमाडौ, माघ १७ । अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ । यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गरी अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको राष्ट्र बैंकको भनाई छ । विशेषगरी सामाजिक सञ्जालमार्फत बैंक, वित्तीय संस्था, होटल रेष्टुराँ लगायत अन्य कर्पोरेट संस्थाले विज्ञापन गर्दै आएका छन् ।

यसबाट सरकारले प्राप्त गर्ने अरबौं रुपैयाँ राजस्वसमेत गुमेको अनुमान हुँदै आएको छ । यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले सटही सुविधा दिंदैन । यसर्थ, यो गैरकानुनी कार्य भएको राष्ट्र बैंकको भनाई छ । यसरी विज्ञापन गर्दा मुद्रा अपचलनको कारवाही समेत हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक..." A few seconds ago

सम्बन्धित खवर