कोरोना भाइरस नेपाल मा पनि भेटियो , यस रोगबाट कसरी बच्ने? – Satabdi News

कोरोना भाइरस नेपाल मा पनि भेटियो , यस रोगबाट कसरी बच्ने?

काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। शुक्रबार स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी एकजना व्यक्तिमा संक्रमण देखिएको स्पष्ट पारेको छ।

हङकङमा गरिएको रिपोर्ट परीक्षणपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको पु्ष्टि भएको हो। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि रगत हङकङमा पठाएको थियो।

सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले सार्वजनिक गरेको छ। यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन अनुसार  कोरोना भाइरसबाट र रोगिहरुबाट बच्न भन्नु हुन्छ ; कोहि मानिस खोकी रहेको छ भने उसबाट  करिब १ मिटरको दुरि बनाउने , माक्स प्रयोग गर्ने , मानिसहरु सङग हात सकभर नमिलाउने, पशु,पन्छी जनावरलाइ नछुने, छुन परे पन्जा प्रयोग गर्ने र पछि साबुन पानीले सफा गर्ने मासुहरु मजाले पकाएर मात्र खाने  । यस रोगको लक्षण चाही ज्वरो आउनु, कमजोरी महसुस गर्नु ,खोकी लाग्नु र थकित हुनु हो । यो रोग बिशेसत रोग सङ्ग लड्ने क्षमता कम भएको मानिसहरुलाई  चाडो सर्न सक्छ । जस्तै बुडा बुडि मानिस , बाल बचा , गर्बवती महिला वा दिर्घ रोगिहरु बडि जोखिममा हुन्छन । यस्तो लक्षण देखा पर्ने बित्तिकै डराइ हाल्नु पर्दैन । यदि कुनै ब्यक्ती चिनबाट वा हङकङबाट आएको ब्यक्ती सङ्गको सन्सर्ग वा उठ बस  पछि यस्तो लक्षण देखिएमा मात्र अस्पताल मा सम्पर्क गर्नु पर्ने सल्लाह दिन्छन नत्र अहिलेको सिजन नै जाडो भएकोले रुघा खोकी, ज्वरो वा कमजोरि हुदैमा डराउनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाइरस नेपाल मा पनि भेटियो , यस रोगबाट क..." A few seconds ago

सम्बन्धित खवर