१२ माघ, पोखरा । समाजबादी विद्यार्थी फोरम नेपाल र नंया शक्ति विद्यार्थी युनियन बीच प्रदेश नं ४ गण्डकी स्थित पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको संमायोजनबाट रेशम सापकोटाको अध्यक्षतामा ५२ सदस्य सहित समाजबादी विद्यार्थी युनियन गठन भएको छ ।
समायोजनबाट उपाध्यक्षहरु दिनेश झा, रेशम स्याङ्बो, र हिमाल बस्नेत सचिबमा ओम प्रकाश गुरुङ, सह सचिबमा सोनभ थापा, कोषाध्यक्ष जमुना कुमाल र बाँकी अन्य सदस्यहरु सहित ५२ जनाको कार्यसमिति गठन भएको हो ।
संमायोजन कार्यक्रममा समाजबादी विद्यार्थी युनियनको केन्द्रीय इन्चार्ज तथा पार्टीको केन्द्रीय सदस्य अशोक कुमार यादबको प्रमुख आतिथ्य, बिशेष अतिथि विद्यार्थी अध्यक्ष रुप नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रमेश यादब, उपाध्यक्ष नेत्र चापागाईं, महासचिव बरुण यादब अन्य केन्द्रिय सदस्यहरुको सहभागीता रहेको थियो ।
संमायोजनको कार्यक्रम बिशाल गुरुङ्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।