कविता
हाम्रो बेलबार सुन्दरताझै चम्किलो मुहार हाम्रो बेलबारी।
मीठो आभाषमा फुलेको शहर हाम्रो बेलबारी।।
सबै चिजहरुको सुलभ रहेको हाम्रो बेलबारी।
उमङ्गको सागरभित्र खेलेको हाम्रो बेलबारी।।
जात-धर्म सबैको एकता जोड्ने हाम्रो बेलबारी।
जे कुरामा’नि काम गर्न तयार हाम्रो बेलबारी।।
संसारको काव्य हङकङ,लण्डन सिङ्गापुर रहेपनि।
स्वादेशी परिचर्चा नै भएको शहर हाम्रो बेलबारी।।