चितवनमा, लियो जिल्ला परिषद क्लव ३२५ वि १ को दोस्रो परिषद वैठक सम्पन – Satabdi News

चितवनमा, लियो जिल्ला परिषद क्लव ३२५ वि १ को दोस्रो परिषद वैठक सम्पन

५ माघ, चितवन । लियो जिल्ला परिषद् ३२५ वि १ नेपालको दोस्रो परिषद भेला चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

माघ ३ र ४ गते सम्पन्न भएको यस कार्यक्रममा काठमाडौ, पोखरा, स्याङ्जा, पर्बत आदि जिल्लाहरुबाट पनि लियो सदस्यहरुको सहभागीता रहेको थियो । लियो क्लब अफ काठमान्डौ मेरिगोल्ड को संयोजनमा सम्पन्न उक्त कार्यक्रममा २५० भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका महानिरीक्षक खनालले प्रहरी र लियोको सहकार्यमा समाजमा थुप्रै कामहरु गर्न सकिने बताउदै अबको हरेक समयमा सहर्काय गरेर अगाडी बढ्न सकिने आश्वासन पनि दिनु भयो। झन्डै २ घण्टा लामो बसाइमा खनालले सर्बोत्कृस्ट कार्य गर्ने सम्पूर्ण लियो क्लब तथा सदस्यहरुलाई सम्मान पनि गर्नु भएको थियो ।

दुई दिन सम्म चलेको उक्त बैठकमा सांगीतिक कार्यक्रम र ब्याडमिन्टन प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको थियो। लियो क्लब भनेको नितान्त सामाजिक संस्था हो, लियो क्लव अन्तर्राष्ट्रियको एक स्वयमसेवी संस्था हो र यस संस्थामा ३० बर्ष उमेर नकाटेका ब्यक्तिहरुले सदस्यता लिन पाउने ब्यबस्था गरिएको छन् । लियो जिल्ला परिषद ५३५ वि १ क्लबका जिल्ला अध्यक्ष बिनयक पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चितवनमा, लियो जिल्ला परिषद क्लव ३२५ वि १ को दोस..." A few seconds ago

सम्बन्धित खवर