२८ पौष, बेलबारी । बेलबारीमा रहेको नापी कार्यलयका अमिनी दिनेश कुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले प्रक्राउ गरेको हो । उनी नगद रु ७ हजार सहित रंगेहात पक्राउ परेको हो ।
सोमवार दिउसो मोरङको बेलबारी १० भाउन्ने स्थीत पदम बहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका शाह नरबहादुर तामाङ संग उक्त घुष रकम लिदा लिदै पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताए ।