गजल ( जेनिस श्रेष्ठ ) – Satabdi News

गजल ( जेनिस श्रेष्ठ )

गजल

जेनिस श्रेष्ठ

दुखको पर्खालहरु ढल्दै जाओस

खुसीको पिडाहरु बल्दै जाओस

सुख शान्ति समृद्धी संगै आत्मिक गोरेटोमा

पाईलाहरु चल्दै जाओस

बाधा बिरोधमा आउन सक्छन जिवनमा

हर समय ती शत्रुहरु गल्दै जाओस

भुलेर ती बितेका कष्टकर तिता पलहरु

सुखद मिठा अनुभवहरु फल्दै जाओस

हासो खुसीको जीवन नै रहेछ असल जीवन

आई परेको बाधाहरु छल्दै जाओस

अत्याउने जतिछन तगाराहरु

सुखद समयले रंगहरु दल्दै जाओस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल ( जेनिस श्रेष्ठ )" A few seconds ago

सम्बन्धित खवर