१८ पौष , काठमाडौं । नेपाली काँग्रेस र समाजवादी पार्टी बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । शुक्रबार बसेको बैठकमा शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आपसमा सहयोग गर्ने सहमति भएको हो ।
काँग्रेसको तर्फबाट महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा उम्मेदवारी छ । अन्य प्रदेशमा भने काँग्रेस र समाजवादीबीच तालमेल भने हुने छैन । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।
जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।