काठमाडौं । लेखक खगेन्द्र संग्रौलालाई नगद चार लाख दुई हजारसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले उत्पीडित समुदायको अधिकार स्थापित गर्न निरन्तर योगदान पुर्याए बापत संग्रौलालाई पहिचान सम्मान प्रदान गरिने निर्णय भएको विज्ञप्ती मार्फत जनाएका छन् ।
यो सम्मान हरेक पाँच वर्षमा प्रदान गरिन्छ । संग्रौलालाई विशेष कार्यक्रम गरी ताम्रापत्र समेत प्रदान गरिने छ ।