ताप्लेजुंङको तागेरा होटेलमा पथरीको भिम कुमार मृत फेला – Satabdi News

ताप्लेजुंङको तागेरा होटेलमा पथरीको भिम कुमार मृत फेला

१९ मङ्सिर, ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ घुम्न आएको र उनी होटल बुक गरेर कोठामा छिरेका थिए। महिला आफन्तसहित होटलमा बसेका मादेनको मृत्यु भएपछि ती महिला आफन्त र होटल साहुले प्रहरीलाई खबर गरेका थिए। उनको साथबाट उनले प्रयोग गर्दै आएका मुटुको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ।

‘मृतक मादेन प्रेशर र मुटुका बिरामी रहेको थियो ।’प्रहरी निरिक्षक खड्काले भने ‘उनको मृत्यु सोहि रोगका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौ।’ घटनाका बारेमा अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी खडकाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ताप्लेजुंङको तागेरा होटेलमा पथरीको भिम कुमार मृ..." A few seconds ago

सम्बन्धित खवर