नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धरानले कर घटाउन माग – Satabdi News

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धरानले कर घटाउन माग

१८ मंसिर, धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले कर पुनरावलोकन गर्न धरान उपमहानगरपालिकालाई आग्रह गरेको छ ।

नेकपा धरान उपमहानगर कमिटीले करका दरहरु पुनरावलोकन गरी जनताले तिर्न सक्ने गरी कर समायोजन गर्न माग गरेको छ ।

विगतमा उच्च मात्रामा करको दर बढाउँदा जनमानसमा नकरात्मक असर पर्न गई गएकोले उपचुनाव आफ्नो पक्षमा नआएको नेकपाको धरान महानगर कमिटीले निष्कर्ष निकालेको छ ।

यसअघि धरानमा नेकपाका उम्मेदवारले चुनाव जितका थिए र धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा धेरै बढी थियो । जसको विरोध स्थानीयले गरिरहेका थिए ।

नेकपा धरान कमिटीले कर पुनरावलोकन आयोग गठनको मागसहितको पत्र धरान उपमहानगरपालिकाको कार्यलयमा बुझाएको छ । जसमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटिले निर्वाचनका सन्दर्भमा जनताका घरदैलोमा जांदा विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाईएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गर्न विज्ञ समिति गठन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु गर्न नेकपा धरान उपमहानगर कमिटी धरान कार्यपालिका सरकार संग माग गरिएको छ ।’

धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि भएको उपनिर्वाचनमा वामको गढ मानिएको धरानमा कांग्रेसका उम्मेदवारले जीत हात पारेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धरानले कर घटा..." A few seconds ago

सम्बन्धित खवर