सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो ( विज्ञापनसहित ) – Satabdi News

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो ( विज्ञापनसहित )

१८ मंसिर, काठमाडाैं । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेकाे छ ।

ती पदमा ठूलो संख्यामा दरखास्त माग गर्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विज्ञापन जारी गरेकाे छ । प्रधान कार्यालय अन्तर्गतकाे मानव स्राेत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो ।

जारी विज्ञापनअनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुस १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् । सम्पर्क मिति माघ १० गते ताेकिएकाे छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्य..." A few seconds ago

सम्बन्धित खवर