उपचारका लागि प्रधानमन्त्रीलाई अमेरिका लाग्ने तयारी हुदै – Satabdi News

उपचारका लागि प्रधानमन्त्रीलाई अमेरिका लाग्ने तयारी हुदै

१७ मंसिर, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारको लागि विदेश लैजाने तयारी भएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेता बीच छुट्टाछुट्टै छलफल भएको छ ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने ।

प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ ।

साभार – अन्नपूर्ण पाेस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपचारका लागि प्रधानमन्त्रीलाई अमेरिका लाग्ने तय..." A few seconds ago

सम्बन्धित खवर