बाउ तिमिले पाच रुपिया दिएका थियौ
तेति दिन तिमिलाइ गार्हो पर्या थियो
लेख्ने कलम थिएन अनि कापी पनि
पेट खाली थियो एता झोला थिएन
अनि खुटा मा चपल पनि त थिएन
साथ मा पाच रुपिया थियो मेरो
अनि थियो त कयौ बिस्तार सपना हरु
हो मेरा सपनाहरु
पेट नभरौ दिमाख नचल्ने शरीर गल्ने
चप्पल नलाउ त पैताला बाट रगत झर्ने
कापी कलम बिना सपना अधुरो हुने
पाच रुपिया खर्च गर्न मन ले नदिने
पैसा मास्न तिम्रा दुख लाई बुझ्ने
मन त छ बाबू तिम्रो रहर पूरा गर्ने
सपना छ तिम्रो बुढेसकालको साहारा बन्ने
हो तिम्रो साहारा बन्ने
भोको पेट लाई कसेर कापी र कलम किने
इच्छा थियो तिम्रो लायक बनि उभिने
पसिना बगाउदै काम गर्नी आमालाई हेर्थे
नरोउ आमा भनि आमा को आँसु पुछी दिन्थे
किनेको कापी मा कलम ले भबिस्य कोर्न खोज्थे
खै के भनौ बाबू को ठेला उठेको हत्केला देख्थे
आमा बाबू ले डाक्टर बन है भन्या कुरा सोच्दथे
हो डाक्टर बन भन्या कुरा सोच्दथे
आफू भोकै बसेर मलाइ खुवाएको देख्दा
बूढो वर पिपलु लाई छुदा मन सारै रुन्थियो
बाबू को कमिज आमा को चोली फाटेको हेर्दा
आँखा मेरा रसाउथे आमा ले टालोले टाल्दा
लाग्छ पाच लाख जति त डाक्टर नै बन्दा
पाच रुपिया झिक्न गार्हो पर्ने मेरा बाबुलाइ
खै कसरी जुटाउलान बाबू ले पाच लाख
हो कसरी जुटाउलान पाच लाख
घर खेत बन्दकी राखी कन पैसा दिए
सन्तान को लागि आशु कति कति पिए
आउने छु म बनेर महान पिर नगर है
साहारा बनी खुसी को बर्षा बर्साइ दिन्छु है
धुलै मैला तिम्रा पाउ तेल ले धुइदिने छु
हर्ष को दिप बाली उज्यालो छर्दिने छु
पाच रुपिय ले भबिस्य बनाउन नि पाए
हो पाच रुपिया ले भबिस्य बनाउन पाए