जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतको नयाँ राजनीतिक नक्शा – Satabdi News

जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतको नयाँ राजनीतिक नक्शा

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो पारेर सार्वजनिक गरेको नंया राजनीतिक नक्सालाई समाजबादी विद्यार्थी संगठनका विद्यार्थीहरुले जलाएका छन् । काठमाडौं स्थित भारतीय दूतावास नजिक लैनचौरमा भएको संयुक्त विभिन्न विद्यार्थी संगठनहरुले गरेेेको विरोध प्रदर्शनमा विवादित नक्सा जलाएका हुन । बिरोध प्रदर्शन कार्यक्रममा संयुक्त विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद-मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतक..." A few seconds ago

सम्बन्धित खवर