मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुदैं – Satabdi News

मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुदैं

बेलबारी । सितोरियो कराते संघ बेलबारीको आयोजनामा तिन दिने अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बेलबारी सितोरियो कराते संघ बेलबारी डोजोले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यहि मंसिर ६ गते देखि तीन दिन बेलबारी तमु बुद्धिष्ट गुम्बामा हुने शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, बङ्लादेश, पाकिस्तान, मलेसिया र इराक गरि जम्मा ८ राष्ट्रका करिव ६०० जना खेलाडी र अफिसियल सहभागी रहने बताइएको छ ।
प्रतियोगीतामा कुमिते महिला तर्फ २७ गोल्ड, २७ सिलभर, ५४ ब्रोन्जका लागि २५ देखि ६१ केजी समुहका महिला प्रतियोगीहरु भिडन्त गर्नेछ । कुमिते पुरुष तर ३० गोल्ड, ३० सिभर, ६० ब्रोन्जका लागि २५ देखि ६७ केजी समुहका पुरुष प्रतियोगीहरु आम्ने साम्ने हुने छन् । काता महिला तर्फ ८ गोल्ड, ८ सिलभर, १६ ब्रोन्ज रहनेछ । काता सिनियर र जुनियर पुरुष तर्फ भने ८ गोल्ड, ८ सिलभर, १६ ब्रोन्ज गरि जम्मा ८५ गोल्ड, ८५ सिलभर र १७० ब्रोन्ज रहने छ । प्रतियोगितामा २५ वटा गोल्ड मेडल, २५ वटा सिल्भर, ५० वटा ब्रोन्ज गरि जम्मा एक सय वटा मेडल रहेको छ । प्रतियोगितामा प्रथम नगद पुरस्कार एक लाख रुपैयाँ, दोस्रो नगद पुरस्कार पचत्तर हजार रुपैयाँ र तेस्रो पुरस्कार पचास हजार रुपैयाँ रहने छ ।
बेलबारी डोजोले यस अघि पनि विभिन्न समयमा ४ वटा जिल्ला स्तरीय कराँते प्रतियोगिता र प्रथम खुल्ला कराँते प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरि सकेको र अब हुने कार्यक्रम पनि भब्यताका साथ सम्पन्न गरिने बेलबारि सितोरियो कराँतेका अध्यक्ष सन्जय सुवेदीले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक नोबेल टिचिङ अस्पताल रहने बेलबारी नगर सितेरियो कराँते संघका सदस्य सचिव कुन्ती गुरुङले पत्रकार सम्मेलनका बिच बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्र..." A few seconds ago

सम्बन्धित खवर