भारतकाे नयाँ नक्सा तुरून्त सच्याउन आदिवासी जनजाति महासंघकाे माग – Satabdi News

भारतकाे नयाँ नक्सा तुरून्त सच्याउन आदिवासी जनजाति महासंघकाे माग

भारतले हालै सार्वजनिक गरेकाे आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएकाे प्रति नेपाल आदिवासी जनजाति महासंघले सचिन्नका लागि अनुराेध गरेकाे छ । भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त नक्सा तुरून्त खारेजीकाे माग गरेकाे छ ।

सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार रहेकाे र कसैप्रति पनि आफ्नाे स्वभिमान नझुक्ने जनाएकाे छ । महासंघका अध्यक्ष जगत बरामकाे हस्ताक्षरीत विज्ञप्तीमा नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघ घोर भ्रत्र्सना रहेकाे जनाएकाे छ ।

वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । महासंघका अध्यक्ष जगत बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो ।

भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ, यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

 

नेपाल आदिवासी जनजाति महासंघले जारी गरेकाे विज्ञप्ती जस्ताकाे तस्तै ः

मितिः २०७६ कार्तिक २१

प्रेस वक्तव्य

नेपाल आदिवासी जनजाति महासंघ, सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार थियो, छ र रहनेछ । यसर्थ भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भौगोलिक रुपमा उत्तर हिमालसँग जोडिएका र तराईको सीमाना रक्षाको लागि नेपाली आदिवासीहरु कसैसँग झुकेन र जान्दैन पनि । वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो । आदिवासी आन्दोलन आफ्नो सबैखाले अधिकार प्राप्तिसँगै नेपाली माटोको रक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढेर गोर्खालीको शान देखाएरै छाड्ने कुरामा प्रतिवद्ध छ ।

नेपालका आदिवासी जनजातिहरुले अधिकार प्राप्तिको जस्तोसुकै आन्दोलनमा पनि आफूलाई बेग्लै पहिचानसहित सडक संघर्षमा छ । आफ्नो भाषा, धर्म, संस्कृति, पहिचान र प्रतिनिधित्वको लागि संघर्ष गर्दैगर्दा फेरि राष्ट्रियताको जगेर्ना गर्न अर्को आन्दोलन गर्नुपर्ने परिस्थितिमा छ ।

त्यसैले राष्ट्रियताको सवाल र सिंगो नेपालको सबलिकरणको लागि नेपाल सरकार असफल भएको छ । नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघ घोर भ्रत्र्सना गर्दछ ।

साथै भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ र यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

जगतबहादुर बराम

अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतकाे नयाँ नक्सा तुरून्त सच्याउन आदिवासी जनजा..." A few seconds ago

सम्बन्धित खवर