कास्की–२ मा समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार, यस्ता छन् उनका प्रविद्धताहरु – Satabdi News

कास्की–२ मा समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार, यस्ता छन् उनका प्रविद्धताहरु

१९ कार्तिक, पोखरा   । आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि ई. धर्मराज गुरुङ उम्मेदवार बन्ने पक्का भएको छ ।

उपनिर्वाचनका लागि पार्टीले मंगलबार उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार गुरुङले सबैलाई सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

गुरुङ सन् १९४८ मार्च ५ मा कास्कीमा जन्मिएका हुन् । गुरुङसँग ब्रिटिस सेनामा काम गरेको २४ बर्ष र संयुक्त राष्ट्रसंघमा काम गरेको १५ बर्षको अनुभव छ । गुरुङ गोर्खा कम्युनिटी पोखराका अध्यक्ष तथा तमु धिं नेपालका पुर्व क्षेत्रीय अध्यक्ष (भिमकालीपाटन तमु समाज) समेत हुन्। उनले फानबोरो कलेज अफ टेक्नोली, युकेबाट बिई, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रीकल इञ्जिनियरिङ गरेका छन् ।

गुरुङ सानैदेखि राजनीतिमा रुची राख्दथे । सन् २०१० मा संयुक्त राष्ट्रसंघबाट सेवानिवृत्त भएपछि उनी सक्रिय राजनीतिमा लागेका हुन् । समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य भएर उनी राजनीतिमा आवद्ध भए । पुराना पार्टी र नेताहरुले माग्ने देश बनाएको तथा देशले राजनीतिक विकल्प खोजिरहेकाले आफूले समाजवादी पार्टीबाट राजीति गरेको उनले बताए

उम्मेदवार गुरुङको प्रतिवद्धताहरुः

१. सबैलाई समान र सम्मान हुने ऐन, कानुन, नियम बनाउन पहल गर्नेछु।विभेद अन्त्यको प्रयास हुनेछ।

२. सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्नेछु।

३. देश गरिब शासक र सत्ता वरपर रहेकाहरु भुँडी फुलाउने संस्कार अन्त्य गर्ने पहल गर्नेछु।कम्तीमा पञ्चायत कालदेखिका शासक र प्रशासकहरुको सम्पत्ति छानविन गरी अबैध सम्पत्ति कमाउनेलाई कारवाही गर्न गराउन माग गर्दै अबैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्नेछु।

४. सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन।

५. निर्वाचन क्षेत्र विकासका लागि इमान्दारीपूर्वक प्रतिवद्ध रहनेछु।पर्यटन, कृषि, खेलकुद, सँस्कृतिको क्षेत्र बनाउने पहल गर्नेछु।

६. शिक्षा र स्वास्थ्य निशुल्क, युवा रोजगार एवम स्वरोगारको लागि पहल गर्नेछु।

७. टोलटोलमा सडक, घर घरमा विधुत र खानेपानी सुनिश्चितता गर्नेछु।

८. भूपूका समस्याहरु समाधान गर्न, समान पेन्सन, ऋक्म् क्यान्टिन सेवा, सुविधा र अधिकारका लागि अनवरत पहल गरिहनेछु।

९. पर्यावरणीय ⁄ वातावरणीय सन्तुलनका लागि हरित क्षेत्रको अवधारणा अघि बढाउनेछु।

१०. सुकुम्वासी समस्या समाधान, व्यवस्थित बस्ती वसोवासको लागि पहल गर्नेछु।

११. व्यवस्थित बसपार्क, पार्किङ व्यवस्थापनका लागि पहल गर्नेछु ।

१२. संघीयता, सुशासन, समृद्धि, समाजवादप्रति पुर्ण प्रतिवद्ध रहदै मुलुकको समृद्धिमा जुटिरहनेछु।

१३. जाति, वर्ग, समुदायका राजनीतिक, सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक अधिकार र पहिचान एवम सम्मानका लागि पहल गर्नेछु।

१४. परदेशका अनुभव र लगानी निर्वाचन क्षेत्र विकासका लागि लगाउन प्रयत्न गर्नेछु।गैर आवाशिय नेपालीको अधिकारका लागि आवाज बुलन्द गर्नेछु।

१५. प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवअधिकारका लागि सधै प्रतिवद्ध रहदै हनन भएमा आवाज उठाइरहनेछु।

१६. राजनीतिक स्थायित्व र मुलुकको नेतृत्वका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्थाका लागि पहल गर्नेछु।

कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी उम्मेदवार छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कास्की–२ मा समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार..." A few seconds ago

सम्बन्धित खवर