प्रदेश प्रमुख हटाउने विषयमा छलफल भएको छैन : उपेन्द्र यादव – Satabdi News

प्रदेश प्रमुख हटाउने विषयमा छलफल भएको छैन : उपेन्द्र यादव

१८ कार्तिक काठमाडौं । सत्तासाझेदार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव सित प्रदेश प्रमुख हटाउने विषयमा परामर्श नगरिएको बताएको छ ।
संविधान संशोधन नगरिए सरकार छाड्ने पटक पटक चेतावनी दिदै आएका उपप्रधानमन्त्री यादव आइतबार जोमसोममा रहेको बेला संघीय सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ ।’ प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी प्राप्त नभएको यादवले भने, यस सम्बन्धमा प्रधानमन्त्री ओली सित कुनै छलफल नभएको बताए ।
सोमवार नियुक्ती गर्ने भनिएको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उनले जनाए । राष्ट्रिय जनता पार्टी (राजपा)सित एकिकरणको तयारीमा रहेको समाजवादी पार्टीका लागि सरकारले गरेको निर्णय अस्वभाविक नभएको बताइन्छ । संविधान संशोधन विना सरकारमा रहनुको औचित्य नभएको बताउँदै आएका अध्यक्ष यादवका लागि सरकारको यो निर्णय उपयोगी हुन सक्छ । समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश प्रमुख हटाउने विषयमा छलफल भएको छैन : उपे..." A few seconds ago

सम्बन्धित खवर