कृष्णनगरका मुख्य आरोपी प्रहरीको फन्दामा – Satabdi News

कृष्णनगरका मुख्य आरोपी प्रहरीको फन्दामा

१६ कात्तिक, कपिलवस्तु । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छन् । शाहलाई कृष्णनगरस्थित उनकौ निवासबाट शनिबार दिउँसो पक्राउ गरेको तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं एसपी दिप शमशेर जबराले बताए ।

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एसपी जबराले बताए । उनी माथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निकालेको आरोप छ । जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

गएको बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनर्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कर्फ्यु चलाएको थियो । कफ्र्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो । बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यू  भने शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कृष्णनगरका मुख्य आरोपी प्रहरीको फन्दामा" A few seconds ago

सम्बन्धित खवर