गाउँ/नगर पालिकाको उपप्रमुखलाई कानुनी अधिकार किन दिइयो ? : कानुनमन्त्री यादव – Satabdi News

गाउँ/नगर पालिकाको उपप्रमुखलाई कानुनी अधिकार किन दिइयो ? : कानुनमन्त्री यादव

काठमाडौं । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक अधिकार दिइएको प्रति आपत्ति जनाएका छन् ।

मन्त्री यादवले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक व्यक्तिलाई दिईएको कानुनी अधिकार प्रति प्रश्न उठाउका छन् ।

गाउँ/ नगर पालिकाको उप-प्रमुखलाई किन कानुनी अधिकार दिइयो ? उनले प्रश्न गरे, राजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपण ?’

उनले राजनीतिक व्यक्तिलाई कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत रहेको बताउँदै कार्यपालिका र न्यायपालिका एकै ठाउँमा कसरी सम्भव भयो भन्ने प्रश्न गरेका छन् । उनले सोधे, ‘कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन। त्यस्तो काम गर्नलाई त प्रारम्भिक जिल्ला अदालत छँदैछ नि ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गाउँ/नगर पालिकाको उपप्रमुखलाई कानुनी अधिकार किन..." A few seconds ago

सम्बन्धित खवर