धरानमा र्यालीका साथ समाजवादी पाटीको चुनावी सभा – Satabdi News

धरानमा र्यालीका साथ समाजवादी पाटीको चुनावी सभा

धरान । धरानमा सोमबार समाजवादी पार्टीको चुनावी सभा सम्पन भएको छ । मंसिर  १४ हुन लागिरहेको उप –निर्वाचनमा समाजवादी पाटीको तर्फबाट मेयरका उम्मेदवार गजेन्द्र ईस्बोको रहेको छ । उम्मेदवार ईस्बोले धरानमा सडक, खानेपानी लगायत विकास निर्माणको कामलाई अझ ससक्त ढङगमा गर्नका लागि आफुले उम्मेदवारी दिएको वताएको छ ।

चुनावी सभामा पार्टीका बरिष्ट नेता अशोक कुमार राईको प्रमुख आतिथ्यमा सम्पन भएको थियो। राईले धरानमा २८ बर्ष देखि कम्युनिष्ट सरकारले जितेको कारण सरकारी कार्यालयहरु अन्य ठाउमा सरेको र धराने जनताले दुख सास्ति पाएको भन्दै धरानलाई बैंश नआईकिन धरान बुढो भएको वताएको छ ।

उक्त कार्यक्रममामा समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष हिसिला यामी, केन्द्रीय महासचिव रणधोज गन्दङबा, सचिव पशुराम बस्नेत, उपमहासचिव डम्बर खतिवडा, शिल्पी विशेषका अध्यक्ष दलबहादुर कामी, १ नं प्रदेशको अध्यक्ष प्रविण चाम्लिङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कुमार लिङदैन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सघीय लिम्वुवान मन्चका केन्द्रीय युवा प्रेम गुरुङ, सुनसरी पुर्व जिल्ला उपाध्यक्ष रितेश लिम्बु लगायत सयैको संङख्या पार्टी प्रवेश पनि गरेका थिए ।

कार्यक्रम निर्वाचन परिचालन समितिका अध्यक्ष शुभचन्द राईको अध्यक्षतामा सम्पन भएको छ । कार्यक्रममा संचालक ताजुव लिम्बुले गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानमा र्यालीका साथ समाजवादी पाटीको चुनावी सभा" A few seconds ago

सम्बन्धित खवर