बेलबारीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता भब्यताका साथ सुरु - (फोटो फिचर ) – Satabdi News

बेलबारीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता भब्यताका साथ सुरु – (फोटो फिचर )

७ मसिर बेलाबारी ।  बेलबारी नगर सितोरियो कराते संघको आयोजनामा नोबेल अन्तरास्ट्रिय कराते प्रतियोगिताको उद्दघाटन समारोह सम्मन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा का साथ संचलान हुने प्रतियोगिताको १ न प्रदेशका मुख्यमन्त्री शेरधन राईले दिप प्रज्जवलनका साथ केक काटेर कार्यक्रमको औपचारी उद्द्घाटन गरेका हुन।

उद्दघाटन कार्यक्रममा बेलबारी क्षेत्रमा रहि विभिन्न सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरु स्वा. मोहन थापा, मरणाेप्रान्त सामाजिक व्यत्तित्वका श्रीमती मिना थापा, तारा बहादुर कार्की, खेलाडी , भिम तामाङ, खेलाडी, खनेन्द्र कुमार राई (अर्जुन), कोसिनेपाल मिडियाका सञ्चालक लगायतलाई मुख्यमन्त्री र बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले सयुक्त रुपमा दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरेका हुन।

बेलबारीका विभिन्न संचार गृहका संचारकर्मीहरु वरिष्ठ पत्रकार भक्तसेर लिम्बू, नरेन्द्र बस्नेत, अम्बिका भण्डारी, रमेश क्षेत्री, केशु बिरही, सन्दिप राई , ऋषि राई , रबिन कट्टेल लागयतलाई बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले प्रशंसा पत्र प्रदान गरेका छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। राईले बेलबारीमा हुँदै गरेको अन्तरास्ट्रिय कराते प्रतियोगिताले भिजिट बर्ष २०२० लाई सफल बनाउन सहयोग पुर्याउने बिश्वास ब्यत्त गरे।

खेलमा केही निश्चिति नियम, अनुसासन भएकाले खेलले खेलाडीहरुमा आफसी सम्बन्ध , आपसी भाइचारा मजबुत हुने साथै खेलकुद क्षेत्रका सबै खेलको सम्मान बिकासका लागि प्रदेश सरकारले ४२ करोड खेलकुद क्षेत्रको बिकासका लागि छुट्टयाएको बताए।

उद्दघाटन कार्यक्रममा स्थानीय राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, नेपाली काङ्ग्रेस बेलबारी सह संयोजक बद्री मण्डल, समाजवादी पार्टी बेलबारी अध्यक्ष तिलक राई लगायत विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न जातिय स्ंस्थाले झाकी नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम बेलाबारी नगर सितोरियो कराते संघका अध्यक्ष संजय सुवेदीको सभापतित्वमा सम्म्पन्न भएको हो। कार्यक्रम संचालन जेबि थुलुङले गरेका थिए। कार्यक्रम मङ्सिर ०७ देखि ०८ गते सम्म संचालन हुनेछ

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता भब्यत..." A few seconds ago

सम्बन्धित खवर