मेरा कबिताहरु
मैले लेख्ने कबिताहरु आज मेरै कलम देखेर
बाटै देखि साथकोश पर भाग्ने गर्छन्
मलाई डुबाउने ति भावहरु
आज मेरै भावना देखेर,अलिक परै पोखिने गर्छन्
यसर्थ तिमी नै भनि देउ न …….
म कसरी भन्न सक्छु,
म कसरी लेख्न सक्छु
मेरा ति कबिताहरुलाई
केवल यी खाली पानाहरुमा
जून कबिताहरु अधुरै थियो
अनि अपुरो पनि……
भनौ भने म जस्तो मुर्खलाई
शब्दहरुको ऋण कस्ले दिने
लेखौ भने म जस्तो सर्वहरालाई
अक्षरहरुको सापटी कस्ले दिने
तैपनि………..
उनकै यादहरु भित्र मेरो कबिताहरु
जन्मदै गरेको पाऊँछु
उनकै सम्झना भित्र मेरो कबिताहरु
सिचिएको पाऊँछु
त्यसैले त म बेलाबेलामा कबिता लेखे जस्तो गर्छु
त्यो उनको तस्बीर हेर्दै, कल्पना गर्दै
आफै भित्र म दंग पर्छु
अनि ठीक त्यहीँ बेला एकलो भएको भान हुन्छ
कताकता यो मन अमिलो भयो की जस्तो हुन्छ
त्यही अमिलो मन आँशु बनी नयनबाट तपतप झर्दा
कति त सायरी बन्छ कति त कबिता
त्यसको लेखाजोखा सम्बवत्….
मेरो कलम र कापीलाई मात्रै थाहा होला
र त आजकल उनीहरु मैले अब कबिता
कहिलै नलेखोस भन्छन्….
कहिलै नकोरोस् भन्छन्……
मलाई मेरो कबिताहरु….