सिमा अतिक्रमण बिरुद्द बेलबारीमा उर्लियो जनसागर - फोटो फिचर – Satabdi News

सिमा अतिक्रमण बिरुद्द बेलबारीमा उर्लियो जनसागर – फोटो फिचर

बेलाबारी । केही समय अगाडि भारतले लिपुलेक, कालापनी र लिम्पियाधुरा आफ्नो राजनैतीक नक्सामा देखाएको बिरुद्धमा मोरङको बेलबारी विशाल र्यालीका साथ बिरोध प्रदसन भएको छ।

भारतले निकालेको नयाँ नक्सामा नेपाली भुमी भारत तर्फ देखाइएको बिरुद देशैभरी बिरोध प्रदसनहरु भै रहदा बेलबारीमा पनि विभिन्न संघ-सस्था, स्थानिय राजनीतिक दल, युवा, बिद्यार्थीहरुको सयुक्त आयोजनमा भएको हो।

लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, गो व्याक इन्डिया जस्ता नारा लगाउदै बिरोध र्याली पुरानो बेलबारी(दुर्गा मन्दिर) देखि लालभित्ती हुँदै इलाका प्रहरी कार्यलय बेलबारी अगाडि कोण सभा गरि समापन भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै युवा नेता पारुण क्षेत्री, उधोग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, नेपाली काङ्ग्रेसका नगेन्द्र कट्टेल, समाजवादी पार्टीका अमिर मगर लगायतले नेपाली भुमि फिर्ता गर्न सबै दल एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए।

कोणसभाको सभापत्तित्व युवा जागरण अभियान बेलबारीका अध्यक्ष सुजित बस्नेतले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिमा अतिक्रमण बिरुद्द बेलबारीमा उर्लियो जनसागर ..." A few seconds ago

सम्बन्धित खवर