समाजवादीले (जय मधेस, जय लिम्बुवान, जय किराँत) जय मातृभूमि सम्बोधन गर्ने – Satabdi News

समाजवादीले (जय मधेस, जय लिम्बुवान, जय किराँत) जय मातृभूमि सम्बोधन गर्ने

काठमाडौं । नेपाली भूमि अतिक्रमण बारे चर्को राजनीतिक वहस भैरहेको अवस्थामा समाजवादी पार्टीले साझा सम्बोधनका रूपमा जय मातृभूमिको सम्बोधन पारित गरेको छ ।
पार्टीको दुई दिने केन्द्रीय समिति बैठकले पहिचानजनित सम्वोधनसँगै “जय मातृभूमि“ को सम्बोधन नारा पारित गरेको हो । पार्टी केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले बैठकको अन्तिममा पहिचानजनित सम्बोधनसँगै साझा सम्बोधनका रूपमा जय मातृभूमि सम्बोधन प्रस्ताव गर्नु भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहनु भएका यादवले भन्नुभयो (“जय मधेस, जय लिम्बुवान, जय किरात, जय ताम्सालिङ लगायत १०ं+१ प्रदेशको पहिचानजनित सम्बोधनसँगै राष्ट्र पनि प्रमुख हो । त्यसैले जय मातृभूमि सम्बोधन जोडेर लैजानुपर्छ ।“
बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी मधेस आन्दोलनकै जगबाट उठेको पार्टी भएको स्पष्ट पानुभयो । पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो “आजको समाजवादी पार्टी हिजोको मधेस आन्दोलनको जगबाट निर्माण भएको हो । यसमा कसैले द्विविधा राख्नुहुँदैन ।“
माओवादी विद्रोह, मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, खस आन्दोलन लगायत आन्दोलनहरुको उपलव्धिका रूपमा प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समुन्नत सङ्घीय समाजवादको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न भट्टराईले बैठकबाट आह्वान गनुभयो ।


केन्द्रीय समिति बैठकले सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईबाट कार्तिक २८ गतेको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणको लागि वरिष्ठ नेता अशोक राईबाट प्रस्तुत प्रस्ताव पारित गरेको हो । नेता राईले पार्टी केन्द्रीय कार्यालय निर्माणको लागि ७ करोड अनुमानित लागत सहितको प्रस्ताव पेस गर्नु भएको थियो ।
दुई दिने बैठकले महासचिव रामसहाय यादवबाट प्रस्तुत सांगठनिक प्रतिवेदन पारित गरेको छ । पार्टी संगठन निर्माणको लागि ५ महिने “समाजवादी जनअभियान“ सन्चालन गर्ने निर्णय भएको हो । अभियान मंसिरबाट सुरु भएर चैत महिनामा समाप्त हुने बताइएको छ ।
त्यस्तै हेमराज राई र नवराज सुवेदीबाट प्रस्तावित पार्टी नियमावली छलफलसहित पारित भएको छ ।
बैठकले केन्द्रीय सदस्यहरु बिजयबिक्रम योक्पाङ्देन र जोगमाया लिम्बूको निधन भएकोप्रति शोक प्रस्ताव पारित गरेको थियो ।

“समाजवादीले तत्काल सरकार नछोड्ने“
यसैबीच समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ ।
सत्ता नेतृत्व दल नेकपाले संविधान संशोधन प्रस्ताव बारे आधिकारिक धारणा प्रस्तुत गरेपछि सरकार बारे निर्णय लिने समाजवादीको ठहर छ ।
बैठकलाई सम्बोधन गर्दै सङ्घीय परिषद् अध्यक्ष भट्टराईले लिखित सहमति अनुसार संविधान संशोधन प्रस्ताव पेस हुने वा नहुने अवस्थाको निक्र्याेल गरेर सरकार बारे निर्णय लिइने बताउनुभयो ।
लिखित सहमति अनुसार नेकपाले संविधान संशोधन बारे कुनै चासो नदेखाएको भन्दै सरकारबाट बाहिरिनुपर्ने केही केन्द्रीय सदस्यहरुले दवाव दिएका थिए । दुई दिने पार्टी बैठकमा केपी ओली नेतृत्वको सरकारमा बसिरहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा बैठकमा चर्चा चलेको थियो । यद्यपि केन्द्रीय समिति बैठकमा सरकारमा सहभागिता बारेको एजेण्डा नै प्रस्तुत भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादीले (जय मधेस, जय लिम्बुवान, जय किराँत) ज..." A few seconds ago

सम्बन्धित खवर