काठमाडौ, कार्तिक ३० । भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्।
उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने छन् । बालअधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो । प्रहरी स्रोतका अनुसार सचिन दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा सहभागि हुनेछन् । सचिन तेेन्दुुुलकर शनिबार नै भारत फर्कने स्रोतको भनाई रहेको छ ।