फाल्गुनन्दमा चर्कियो मातृभाषा शिक्षा सम्बन्धि आन्दोलन – Satabdi News

फाल्गुनन्दमा चर्कियो मातृभाषा शिक्षा सम्बन्धि आन्दोलन

 पाँचथरको फाल्गुनन्द गाँउपालिकामा मातृभाषा शिक्षा सम्बन्धिको आन्दोलन चर्किएको छ । शुक्रबार जातिय संस्थाका युवाहरुले मातृभाष शिक्षा पुनः सुचार गर्न भन्दै घुर्बिसे पञ्चमी बजारमा प्रदर्शन गरेका छन् ।
लिम्बू विद्यार्थी मञ्च, किरात राई विद्यार्थी संघ, याक्थुङ युवा मञ्च र तामाङ घेदुङ संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भाषा विरोधि होसियार, लिपि मास्न पाइन्दैन, भाषा हाम्रो प्राण हो भन्दै नारा लगाएर बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पछिको जुलुश कोणा सभामा परिणात भएको थियो । कोणा सभालाई सम्बोधन गर्दै बक्ताहरुले भाषा बिरोधि जो कसैलाई पनि नछाड्ने उद्घोष गरे ।,सभालाइ लिम्बू विद्यार्थी मञ्च पाँचथरका अध्यक्ष मोतिहाङ केरुङ, याक्थुङ युवा मञ्च पाँचथरका अध्यक्ष मनकुमार आङ्देम्बे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष राम लिङ्दम र किराँत राई विद्यार्थी संघका केन्द्रिय सचिव याम बाङ्देलले सम्बोधन गरेका थिए ।
कोण सभापछि आन्दोलनरत संस्थाका प्रतिनिधिहरुले पालिका कार्यबाहक अध्यक्ष देवित्राकुमारी आङ्देम्बेलाई ज्ञापन पत्र बुझाएका छन् । ‘गाँउपालिले सुरु गरेको मातृभाषा शिक्षा स्वागतयोग्य काम हो,’ ज्ञापनपत्रमा भनिएको छ ‘मातृभाषा शिक्ष पुनः शुचारु गराउन माग गर्दछौँ ।’
ज्ञापनपत्र बुझ्दै कार्यबाहक अध्यक्ष आङ्देम्बेले पालिकाले सुरु गरेको मातृभाषा शिक्षा बिरुद्ध मुद्धा पर्नु दुःखत भएको बताइन । ‘यस्ता आन्दोलनले मातृभाषा शिक्षा पुनः सञ्चालन गराउन पालिकालाई हौसला मिल्नेछ,’ उनले भनिन् ‘माथिल्ला तहको सरकारलाई पनि तपाईहरुले दववा दिनुपर्छ ।’
नेकपा  फाल्गुनन्द गाँउपालिका सचिव इन्द्रकुमार नेम्बाङले भाषा शिक्षा बिरुद्ध उच्च अदालत इलामा मुद्धा हालेपछि फाल्गुनन्दमा आन्दोलन चर्किएको हो । अदालतले तत्कालका लागि भाषा शिक्षा रोक्न भनेर स्टेअडर जारी गरेको छ । अदालतले स्टेअडर जारी गरेपछि पालिकामो भाषा शिक्षा सम्बन्धिका कक्षा सञ्चालन हुन छाडेका छन् । संविधानले व्यवस्था गरेबमोजिम पालिकाले जातिय बाहुल्यताका आधारमा मातृभाषामा कक्षा सञ्चालन सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फाल्गुनन्दमा चर्कियो मातृभाषा शिक्षा सम्बन्धि आ..." A few seconds ago

सम्बन्धित खवर