वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्का घर निर्माण – Satabdi News

वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्का घर निर्माण

पथरी । हरियो वन नेपालको धन भन्ने उक्ती हराउदै गएको छ । पछिल्लोअवस्थालाई हेर्ने हो भने वनको जग्गामा धर्म, सस्कृतीको नाममा जातीय मठ मन्दिरनिर्माण हुने क्रम बढ्दो रहेको छ ।
पुर्वि मोरङको बेलबारी देखी झपाको सुरुङगा संम्मलाई हेर्ने होभने वनको धेरै भुभागहरु जात जाती र र्धम समुदाय र कपुर थान (चिहान) ले ओगटेको देखिन्छ । वन जंगल समुदायले संरक्षण गर्न थाले पछी नेपाल सरकार वन तथावातावरण मन्त्रालयले सामुदायीक वनलाई हस्तान्तरण गर्यो तर अतिक्रमण भने रोक्न सकेकोछैन ।

मोरङको कानेपोखरी गाँउपालीका ७ कानेपोखरीको जनजागृतिसामुदायिक वनको जग्गामा त २ ओटा टहरा नै निर्माण भए पनि सामुदायी वन र वन कार्यलयआखा चिम्लिएर बसेको छ । सव डिभिजन वन कार्यलयकानेपोखरीको कार्यलय अगाडी नै यस्तो हुदा अफुलाई थाहा नभएको र नयाँ अतिक्रमणनभएको सहायक वन अधिकृत तुलसीलाल यादव बताउछन ।

कानेपोखरी ७, कानेपोखरी बजारको पुच्छर र सामुदायीक वनकोसिमानाको क्षेत्रमा सोहि स्थानमा घुम्ती संचालन गर्दै आएकी पार्वती अधिकारी घर निर्माणसुरु गरेकी छन । वरिपरी टिनले बारेर फाउनडेसन सहितको पक्की संरचना निर्माण भैसक्दापनि सव डिभिजन वन कार्यलय र सामुदायीक वन बेखरव हुनुले कतै मिलेमहत्व रहेको हो कीभन्ने स्थानीयको संका छ ।अस्थाई सानो घुम्ती राख्न दिएको तर वनको जग्गा अतिक्रमण गरि पक्किसंरचना बने पछि रोकलाएको र चाडो हटाउन समेत पत्र काटेको जनजागृति सामुदायिकवनका अध्यक्ष पुर्णबहादुर अधिकारीले बताए ।
सानो टहरा बनाएर बस्न खोज्दा सामुदायी वन र वन कार्यलयले भत्काउनेभने पनि आफु नछोडने परि आए गोलि खान पनि तयार हरेको पार्वती अधिकारीको भनाईछ  ।

लामो समय देखि श्रीमानले छोडेपछि ४ सन्तान सहित बस्दै आएकोआफ्नो केहि नभएकाले र जाने कहि नभएकाले सानो छाप्रो बनाएर राख्न खोजेको उनकीवहिनी सिता थापा बताउछिन् ।
कानेपोखरी बजारका सम्पूर्ण घरहरु नै वनको जग्गामा बनेका छन् ।पूर्वपश्चिम राजमार्ग बनेसंगै वि.सं. २०२७÷०२८ सालमा केही झुप्राहरुबाटसुरुभएको चौक अहिले सानो बजार नै बनेको छ ।नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले पुर्वी मोरङ क्षेत्रकोअतिक्रमण बेलैमा रोक्न नसके कालान्तरमा वनलाई ठुलो क्षति गर्ने सम्भावना देखिएको छ। कानेपोखरीको सानो क्षेत्रफलमा रहेको सानो बजार र बढ्दै गएको बस्तीले वनकोजग्गा अतिक्रमण हुने क्रम बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वन कार्यलयकै अगाडी बन अतिक्रण गरि पक्का घर निर..." A few seconds ago

सम्बन्धित खवर