जितेन साम्पाङ
कोही हुदाहुदै पनि नभएको जस्तो हुन्छ
कोही नहुदा पनि नजिक भएको जस्तो हुन्छ
आफूलाई दुखेर सहनैनसक्ने हुदा पनि
यहाँ कोही भने तलाई ठीक पर्यो भन्दै
मेरै बलेसी नजिक उसले खुशी मनाउछ
कोही भने अन्जान एक शहरमा बसेर
मलाई मात्र अलिकति चिमोटी दीदा
कसम उसलाई यो पहाड भन्दा धेरै दुख्छ ….
हाम्रो मित्रता खोज्न निस्किएका समयको
तिन खतरनाक सिपाहीहरुले पनि
हाम्रो भावनाका गहिराइ भेटाउन नसक्दा
म हरदम मेरा सपनाहरुलाई एउटै कुरा
हरबखत सम्झाई रहन्छु कि
मेरा सपनाहरुको निम्ति उसका सपनाहरु
कदापि शहीद नबनुन्न
मेरा खुसीका निम्ति उसका सुन्दर संसार
कदापि मरुभूमि नबन्नुन
आज परुहांगसँग मैले बिन्ती बिसाएको छु
तिन चुलालाई पनि अधिक सम्झेको छु
मैले कोर्ने हर अक्षरहरुमा केबल तिम्रै
सफलताका कहानीहरु सजीएको होस्
मैले पोखाएका यी थोरै आशुहरुमा
तिमीले भोगेका अलिकति पीडाहरु होस्
थकित बन्न सकिएला कुनै मोडमा हामी दुई
तर सम्झनाहरु भने हरदम यस्तै नै होस्….।।