शशिकिरणको ‘बधाई छ !’ विमोचन – Satabdi News

शशिकिरणको ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शुसिल उप्रेती शशिकिरणको ‘बधाई छ !’ कविता संग्रह शनिवार विराटनगरमा विमोचन भएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्थित गुरुकुलमा आयोजित विशेष समारोहमा शशिकिरणद्वारा लिखित संग्रहको विमोचन गर्नुभयो । विशेष गरेर नेपालमा सञ्चालन भएको १० वर्षको जनयुद्धका समयमा जनताले गरेको आशा र अपेक्षाहरु पुरा नभएको र क्रान्ति कता कता बरालिएको विषयमा कविता मार्फत उठान गरिएको छ ।

कविता मार्फत जनताका बीचमा गरेका बाचाहरु, सिकाएका आदर्शहरु र आस्थाको रक्षाका खातिर गरेका बलिदानीहरुको मूल्य के थिए भन्ने प्रश्न नेतृत्व सामु तेस्र्याइएको छ । कविता संग्रहमाथि कवि तथा साहित्यकार बलराम पोखरेल र सीमा आभाषले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले विमोचित कवितासंग्रहभित्रको शीर्ष कविता ‘बधाई छ’ वाचन गर्नु भएको थियो । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरू समेटिएका छन् । कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, कवि भरत गुरागाईं, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति एवं प्रदेश सांसद शिवनारायण सिंहलगायतको उपस्थिती रहेको थियो । संग्रहमा बधाइ छ, ‘घाम त फेरि एक्लै आएछ, अवकाश रोजेको जनसेना, साइँली हामी छुटौं अब, मन्द मनुवा, नियति, मै मूर्ख, यक्ष प्रश्न, कालान्तर, नयाँ मतियार, आदि शिर्षकका कविताहरू समावेश छन् । कवि शुसिल उप्रेती शशिकिरण नेकपाका जिल्ला सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "शशिकिरणको ‘बधाई छ !’ विमोचन" A few seconds ago

सम्बन्धित खवर