अर्ब रुपैयाँको आइपीओ आउँदै : कुनको कति कित्ता ? – Satabdi News

अर्ब रुपैयाँको आइपीओ आउँदै : कुनको कति कित्ता ?

११ कार्तिक, काठमाडौं । पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । यसैक्रममा पछिल्लो तथ्यांक अनुसार नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले २२ पुगेको छ । यसमध्ये रिलायन्स लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । रिलायन्सले प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डको पाइपलाइनमा रहेका २२ कम्पनीले (करिब ६ अर्ब रुपैयाँ) कुल ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता सेयर थपिनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । आइपीओ निष्कासनका लागि अनुमति माग्ने २२ कम्पनी मध्ये १३ जलविद्युत कम्पनी रहेका छन् । ६ लघुवित्त कम्पनी, २ इन्सुरेन्स कम्पनी र अर्को डिस मिडिया नेटवर्क रहेको छ ।

धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् । प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ ।

सामान्यतयः (केही प्रिमियम मूल्य बाहेक) फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । मागभन्दा कयौं गुणा बढी आवेदन पर्दै आएको छ । त्यसैले पछिल्लो समय १० कित्ता आइपीओ पर्न पनि भाग्यकै भर पर्नुपर्ने आवस्था आएको लगानीकर्ताले बताउँदै आएका छन् । हेरौं, कुन कम्पनीको कति कित्ता आइपीओ आउँदैछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अर्ब रुपैयाँको आइपीओ आउँदै : कुनको कति कित्ता ?" A few seconds ago

सम्बन्धित खवर