बागमती र एक नम्बर प्रदेशमा छिट्टै मुख्यमन्त्री फेरिन्छ : अध्यक्ष नेपाल – Satabdi News

बागमती र एक नम्बर प्रदेशमा छिट्टै मुख्यमन्त्री फेरिन्छ : अध्यक्ष नेपाल

२३ असोज २०७८, शनिबार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन् । शनिबार नेकपा एस काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् ।

‘प्रदेश नम्बर एक र बागमती प्रदेशमा अब छिट्टै नै हाम्रो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई चुनौती दिँदै आफ्नो पार्टी सरकारमा सामेल भएको उल्लेख गर्दै उनले लुम्बिनी, प्रदेश २ र गण्डकीमा पनि छिट्टै सरकारमा सामेल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बागमती र एक नम्बर प्रदेशमा छिट्टै मुख्यमन्त्री ..." A few seconds ago

सम्बन्धित खवर